आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विद्युत् चुहावट बढेको प्राधिकरणका कार्यकारी निर्देशकको स्वीकारोक्ति

शुक्रबार, १७ पुस २०७७, १६ : ५०
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यो वर्ष विद्युत् चुहावट बढेको स्वीकार गरेका छन् । उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा शाक्यले यस्तो स्वीकार गरेका हुन् । शाक्यले प्रणालीगत रुपमा हुने चुहावट र विद्युत चोरी समेत अघिल्लो वर्षभन्दा यो वर्ष बढेको जानकारी दिए । 

उनका अनुसार यो वर्षको मंसिर महिनासम्म समग्र विद्युत् चुहावट करिब डेढ प्रतिशतले बढेको छ । यसरी चुहावट बढ्नुमा टेक्निकल र नन–टेक्निकल समेत गरी दुवै प्रकारका चुहावटले काम गरेको उनले बताए ।  कोभिड–१९ का कारण कर्मचारी कम भएको तथा कर्मचारीलाई सकेसम्म घरपायक पारिदिँदा उनीहरुले चुहावट नियन्त्रण प्रभावकारी रुपमा गर्न नसकेका कारण यस्तो चहावट बढेको हुनसक्ने उनले बताए । अबको ६ महिनामा यसलाई सुधार गरेर समग्र चुहावट अघिल्लो वर्षभन्दा माथि जान नदिने उद्देश्य आफ्नो रहेको समेत शाक्यले बताए । 

बिनासूचना र सूचना दिएरै विद्युत् कटौती हुन थालेको भन्दै फेरि लोडसेडिङ हुने आशंका व्याप्त भएपछि मन्त्रालयले शाक्यलाई मन्त्रालयमै बोलाएर पत्रकार सम्मलन गरेको थियो । कार्यक्रममा निमित्त कार्यकारी निर्देशक शाक्यले लोडसेडिङ हुने अवस्था नरहेको बताउँदै कहिलेकाहिँ हुने सटडाउन पनि यो वर्ष घटेको दाबी गरे ।  कार्यक्रममा उर्जा मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले लोडसेडिङ भन्ने शब्दावलीले मागभन्दा आपूर्ति कम भएर हुने अवरोधलाई मात्रै बुझाउने भएकोले अब यसरी हुने अवरोध हुनै नसक्ने बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप