सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धनुषामा ५ वर्षीय बालक हत्या गरेको आरोपमा एक महिला पक्राउ

शुक्रबार, १७ पुस २०७७, १७ : १८
शुक्रबार, १७ पुस २०७७

जनकपुर । धनुषाको विदेह नगरपालिकामा ५ वर्षीय बालकको हत्यामा संलग्न रहेका एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  धनुषाको विदेह नगरपालिका वडा नम्बर २ बस्ने दुहबी जीवन अमातका ५ वर्षीय छोरा अभिनन्दन रायको हत्या गरेको आरोपमा महिलालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए । पक्राउ पर्नेमा दुहबी बस्ने २६ वर्षीय प्रमिलादेवी अमात रहेको उनले बताए । 

बिहीवार दिउँसो अन्दाजी २ बजेतिर घरबाटै अभिनन्दन एकाएक सम्पर्कविहीन भएपछि प्रहरी टोलीले खोजतलास सुरु गरेको थियो । खोजतलास गर्दै जाँदा उनको शव बिहिबार करिब साढे ७ बजे फेला पारेको थियो । प्रहरी उपरीक्षक बस्नेतका अनुसार प्रमिलाले रुपैयाँ लेनदेन विवादलाई रिसिवी बनाई सो बालकको हत्या गरेको आरोप लगाए । ५ वर्षीय अभिनन्दन आफ्नै घर नजिक खेलिरहेको अवस्थामा चाउचाउको प्रलोभन दिएको र पछि निद्रा लागेपछि आफ्नै घर लगेर बच्चालाई सुताएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा बच्चा सुतेपछि प्रमिलाले घाँटी थिचेर हत्या गरेको देखिएको छ । बच्चालाई हत्या गरेर प्रमिलाले भैँसी बाँध्ने गोठमा शव गाडेकी थिइन् ।  बालक अभिनन्दनको शव पोष्टमार्टमका लागि शव प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप