सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपाल जेसिजको पद हस्तान्तरणसँगै देशभर कार्य विभाजन

शुक्रबार, १७ पुस २०७७, १९ : १८
शुक्रबार, १७ पुस २०७७

काठमाडौं । नेपाल जेसिजका नवनिर्वाचित राष्ट्रिय पदाधिकारीले पदभार ग्रहण गरेका छन् । भलबारी जेसिजको आतिथ्यमा सम्पन्न राष्ट्रिय महाधिवशेनबाट निर्वाचित पदाधिकारीले जेसिज सचिवालय थापाथलीमा पदभार सम्हालेका हुन् ।

राष्ट्रिय अध्यक्षको पदभार ग्रहण गर्दै अध्यक्ष अरुणेश्वर खनालले जेसिजलाई सबै तहको सरकारसँग जोडेर अगाडि बढ्ने बताए । ‘नेपाल जेसिजले युवा पुस्तालाई सक्षम नेतृत्वको विकास र कुशल युवा पुस्ता निर्माणमा भूमिका खेल्दै आएको छ’ नवनिर्वाचित अध्यक्ष खनालले भने– ‘यो वर्ष जेसिजले युवालाई आत्मनिर्भर बनाउन र युवाको समग्र विकासका लागी महत्वपूर्ण कदम चाल्नेछ ।’

एक व्यक्ति एक पदको एकवर्षे कार्यकाल रहने जेसिजको परम्पराअनुसार अंग्रेजी महिनाको डिसेम्बर ३१ मा जिम्मेवारी परिवर्तन गर्ने परम्परा छ । पद हस्तान्तरणसँगै देशभरका पदाधिकारीको कार्य विभाजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप