सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्रीले दिए सडकमा लागेको ‘आपत्तिजनक’ नाराको जवाफ

आइतबार, १९ पुस २०७७, १६ : ३२
आइतबार, १९ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा सडकमा लागेको आपत्तिजनक नाराको जवाफ दिएका छन् । आइतबार आफू निटक विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ती नारा लगाउनेहरु कस्तो संस्कारमा हुर्किएको भन्दै टिप्पणी गरे ।

गत पुस १५ गते संसद विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले गरेको बिरोध प्रर्दशनमा कार्यकर्ताहरुले आपत्तिजनक नारा लगाएका थिए । उनले मुलुकले पहिलोपटक महिला राष्ट्रपति पाएको उल्लेख गर्दै आफ्ना दिदीआमाको सम्मान गर्न आग्रह गरे ।  यस्तै कुनै नेताले महिलाको किड्नी  प्रत्यारोपण गरेका कारण दिमागले काम नगरेको भनेको भन्दै उनले बेलुका आफ्नै आमाले पकाएको खाना कसरी खाए भन्दै प्रश्न गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप