सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठकः माधव नेपालको संयोजकत्वमा समिति गठन

आइतबार, १९ पुस २०७७, १७ : ३५
आइतबार, १९ पुस २०७७

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सो पक्षको स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको थियो ।  

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् । त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ । सोमबारको बैठकमा सद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप