सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गण्डकी प्रदेशसभामा विशेष अधिवेशन सुरु

मङ्गलबार, २१ पुस २०७७, १५ : १५
मङ्गलबार, २१ पुस २०७७

काठमाडौं । गण्डकी प्रदेशसभामा विशेष अधिवेशन सुरु भएको छ । प्रतिपक्षी दल काँग्रेस र जनता समाजवादी पार्टीका १७ सांसदहरुको मागका आधारमा विशेष अधिवेशन बैठक सुरु भएको हो ।   गत मंसिर ३० गते विशेष अधिवेशनको माग गर्दै प्रतिपक्षी दलले प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका थिए सोही आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गरेका थिए ।

संविधानको धारा १ सय ८३ को उपधारा ३ मा प्रदेशसभाको बैठक चालू नभएको अवस्थामा सम्पूर्ण सदस्यको एकचौथाई सदस्यले विशेष अधिवेशन बोलाउन सक्ने ब्यवस्था गरिएको छ । एक चौथाई प्रदेशसभा सदस्यहरुमो मागका आधारमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले मंगलबार दिउसो १ बजे प्रदेशसभाको विशेष अधिवेशन बोलाएका हुन् । 

बैठकको सुरुवातमा बोल्दै जनता समाजवादी पार्टीका प्रदेशसभा सदस्य हरिशरण आर्चायले देशमा बेरोजगारी समस्या बढेका कारण समस्या भएको, महंगी नियन्त्रण हुन नसकेको जस्ता विषय उठाउनका लागि विशेष अधिवेशनको माग गरेको बताए । कोरोना संक्रमितको ज्यान कसरी बचाउने भन्नेमा केन्द्र सरकार र प्रदेश सरकारले बनाउनुपर्ने बताए । उनले प्रदेशसभा फालिने हो कि, स्थानीय तह फालिने हो कि भन्ने चिन्ताका बिच प्रदेशसभामा भेट्न पाएकोमा खुसी लागेको बताए । 

अर्का प्रदेशसभा सदस्य कृष्ण थापाले संवैधानिक व्यवस्थाअनुसार नचल्ने हो भने देशले दुःख पाउने र निरंकुश शासन गर्ने हो भने राणालाई फाल्ने जनताले अरुलाई पनि फालिदिने उल्लेख गरे । उनले २ तिहाईको नेकपाले राम्रो शासन गर्न पाएको बेला अभागीलाई खाने बेलामा रिस उठ्छ भन्ने उखान चरितार्थ भएको बताए । यसले नेपाली जनताले दुःख पाउने उनको भनाई छ ।

उनले पहिले सँगै मिलेका दलले अहिले सडकमा प्रधानमन्त्री र राष्ट्रपतिमाथि असभ्य नारा लगाएको उल्लेख गरे । उनले भारत, चीन र अमेरिकासँग पैसा मागेर देश चलाएको भन्दै हामी कहिले आत्मनिर्भर बन्ने भन्दै प्रश्न गरे । यस्तो शासन ब्यवस्था बाहिर टल्केको भित्र गलेको अवस्थामा रहेको बताए । उनले प्रतिनिधिसभा विघटनको विपक्षमा राष्ट्रिय जनमोर्चा रहेको उल्लेख गरे । 

प्रमुख प्रतिपक्षी दल काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले संविधानको धारा अनुसारको अभ्यास गर्ने हो भनेमात्र लोकतन्त्रको अभ्यास हुन सक्ने बताए । उनले कोरोना संक्रमितको उपचारमा लापरवाही भएको, बजेट, जनशक्ति भएरपनि कोरोना पीडितमाथि खेलवाड भइरहेको उल्लेख गरे ।   गण्डकी प्रदेशसभामा कूल ६० सदस्यमध्ये नेकपाका ओली पक्षका २७, प्रचण्ड–नेपाल पक्षका १२, काँग्रेसका १५, जनमोर्चाका ३ र जनता समाजवादीका २ सदस्य रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप