सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रचण्ड र माधव सरकार विरोधी गतिविधिमा लागेः उपप्रधानमन्त्री पोखरेल

मङ्गलबार, २१ पुस २०७७, १८ : ५८
मङ्गलबार, २१ पुस २०७७

जनकपुर । काम चलाउ सरकारका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टी एकता नै अहिलेको आवश्यकता रहेको बताएका छन् । मंगलबार जनकपुरमा नेकपा ओली समूहद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली उनले सो कुरा बताएका हुन् । सो समूहका स्थायी समिति सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी एकता विरुद्ध जानेहरुको अन्त्य सुनिश्चित रहेको बताए ।

उनले पार्टी एकता भएको ३ वर्ष नवित्दै आफ्नै अध्यक्षविरुद्ध पार्टी भित्रैबाट एकता विरोधी गतिविधि भएको गुनासो गरे । उनले अझै पार्टी एकता जोगाउन सकिने बताउँदै भने– ‘म एकताको पक्षमा दृढ छु ।’ उपप्रधानमन्त्री पोखरेलले प्रचण्ड र माधव नेपाल सरकार र पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाए ।

उनले भने– ‘ प्रचण्ड–माधवहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्नका लागि सरकार र पार्टी विरोधी हर्कतमा अन्तिम समयसम्म पनि लागि परे ।’ उनले अब पार्टी नयाँ ढंगले निर्माण हुने बताए ।  कार्यक्रममा पूर्वमन्त्री तथा सो समूहका स्थायी समिति सदस्य रघुवीर महासेठले जनकपुरको तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय कब्जा गर्न खोज्नेको कडा आलोचना गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप