सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारले सातै प्रदेशमा कोभिड खोप भण्डारणको तयारी थाल्यो

बुधबार, २२ पुस २०७७, १७ : ४१
बुधबार, २२ पुस २०७७

काठमाडौं । सरकारले सातै प्रदेशमा कोभिड भण्डारको तयारी थालेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बसेको बैठकले सातै प्रदेशमा खोप भण्डारणको तयारी थाल्ने निर्णय गरेको हो । बैठकले खोपको अनुगमन कार्यका लागि उच्चस्तिरिय खोप अनुगमन समिति गठन गर्ने निर्णय समेत गरेको छ ।

त्यस्तै कोभिड-१९ भाइरसको नयाँ स्वरुपको जोखिम बढेपछि अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापन गर्न भन्दै पर्यटन मन्त्रालयलाई पत्र पठाउने निर्णय समेत बैठकले गरेको छ  । अन्तर्राष्ट्रिय आवागमन व्यवस्थापनमा ध्यान दिन भन्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई पत्र पठाउने निर्णय गरेको मन्त्रालय प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले बताए ।

बैठकले आगामी असार मसान्तभित्र सम्मका लागि कोभिड—१९ को अर्को र्यापिट एक्सन प्लान तयार गरी स्वीकृतिका लागि पेश गर्न नीति योजना तथा अनुगमन महाशाखालाई जिम्मेवारी तोकेको पनि उनले बताए । त्यस्तै सबै अस्पतालहरुलाई नियमित रुपमा कोभिड, नन-कोभिड बिरामीको उपचार गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप