६ वर्षीया बालिकामाथि यौन दुव्र्यबहार गरेको अभियोगमा ५४ वर्षीय पुरुष पक्राउ
बिहीबार, २३ पुस २०७७, १२ : ३१
काभ्रे – बालिकामाथि यौन दुव्र्यबहार गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् ।
बुधबार साँझ काभ्रेको पाँचखाल नगरपालिका–१२ बालुवा बस्ने ५४ वर्षीय प्रेम लामा ६ वर्षीया बालिकालाई यौन दुव्र्यबहार गरेको अभियोगमा पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले लामालाई पक्राउ गरी थप अनुसन्धान अगाडि बढाएको जानकारी दिएको छ ।