सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भेरी नदीमा बस खस्दा मृत्यु भएका एक जनाको सनाखत(अपडेट)

बिहीबार, २३ पुस २०७७, १६ : ५५
बिहीबार, २३ पुस २०७७

सुर्खेत । भेरी नदीमा बिहीबार दिउँसो बस खस्दा मृत्यु भएका एक जनाको सनाखत भएको छ । प्रहरीका अनुसार दुर्घटनाग्रस्त बसका चालक सुमन नेपालीको मृत्यु भएको हो । २२ वर्षीय उनी दाङको बबई गाउँपालिका–३ निवासी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुख उपेन्द्र आचार्यका अनुसार ना५ख ७७५० नम्बरको मिनी बस दिउँसो २ः५० बजेतिर सुर्खेतको गुर्भाकोट नगरपालिका-९ मा दुर्घटना भएको हो । बस सडकबाट करिब दुई सय मिटर तल नदीमा खसेको हो ।

सल्यान कालीमाटीदेखि बोटेचौरतर्फ जाँदै गरेको सो बसमा जम्मा तीन जनामात्र रहेको बताइएको छ । दुर्घटनामा कालिमाटी गाउँपालिका–४ का ईश्वर सुनार घाइते भएका छन् । दुर्घटनास्थलबाट उनको उद्धार गरी उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ । अर्का एकजनाको अवस्था भने अज्ञात रहेको छ । उनको खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप