आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आगामी तीन दिन मौसमको अवस्था कस्तो रहला ?

आइतबार, २६ पुस २०७७, ०६ : ०५
आइतबार, २६ पुस २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसमको अवस्थाबारे जानकारी दिएको छ । 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार आज देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली रहेको छैन।

यसैगरी, महाशाखाले हाल देशका केहि भूभागमा आंशिक बदली रहेको  र बाँकी भूभाग सामान्यतयाः सफा रहेको जनाएको छ । 

 

आइतबार

दिउँसोः प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

सोमबार

दिउँसोः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ।

मंगलबार

दिउँसोः प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही  गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

रातिः प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप