सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पार्टी कमजोर पार्न एउटै नेताको घरमा २ सय ८० पटक बैठक बसियो: प्रधानमन्त्री ओली

आइतबार, २६ पुस २०७७, १३ : ४१
आइतबार, २६ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत प्राप्त सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बहुमतको पार्टीलाई खण्डीकरण गर्न खोज्ने, जोड घटाउ, लेनदेनमा अल्झाउने काम गरेको, संसदमा पेस गरेको विधेयक अघि बढाउन नदिने, संसदलाई असफल पार्न खोज्ने प्रयास गरिएको दावी गरेका छन् । 

उनले गएको बैशाख १३ देखि पुस ४ सम्म  पार्टीलाई कमजोर पार्न एउटै नेताको घरमा २ सय ८० बैठक बसेको आंकडा प्रस्तुत गरे । यस्तै ३५ बैठक अन्तै बसेको पनि उनले बताए । देशलाई अस्थिरतामा लैजाने प्रयास गरेपछि ताजा जनादेशमा जान बाध्य भएको उनको दावी छ । 

देश आम निर्वाचनतर्फ उन्मुख भएको बताउँदै उनले प्रतिनिधिसभा ५ वर्ष चल्ने सोचे पनि सरकारलाई काम गर्न नदिने, काममा व्यवधान खडा गर्ने, झमेला मात्रै गर्ने, केही व्यक्तिको व्यक्तिगत पदलोलुपताले देशलाई नै बन्धक बनाउन खोजेपछि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेको बताए । 

उनले आफूले ५ वर्ष संसद र सरकार टिकोस् भन्ने चाहेको, जनताले पनि ५ वर्ष सरकार टिकोस् भनेर बहुमत दिएको बताउँदै सरकार परिर्वतन नचाहेको उल्लेख गरे । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप