सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भायोनेटको सर्भरमा छिरेर सूचना चोर्ने युवा पक्राउ

आइतबार, २६ पुस २०७७, १७ : २३
आइतबार, २६ पुस २०७७

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायोनेटको सर्भरमा अनधिकृत पहुँच राखेर सूचना चोर्ने युवालाई प्रहरीले पक्रेको छ । 

सूचना चोरेको आरोपमा रुपन्देही घर भएका  १८ बर्षिय युवा नरपिचास (नाम परिवर्तन) लाई पक्राउ गरिएको साइबर ब्यूरोका प्रवक्ता एसएसपी नबिन्द अर्यालले रातोपाटीलाई बताए । 

तिलोत्तमा नगरपालिका–१ का ति युवाले भायोनेटका ग्राहकको तथ्यांकमा छिरेर सूचना चोरी गरेका थिए । रुपन्देहीबाट पक्राउ गरिएका नरपिचासलाई प्रहरीले विद्युत्तिय कारोबार ऐन–०६३ अनुसार अदालतबाट म्याद लिएर थप अनुसन्धान गरिरहेको छ । 

‘नरपिचास’ ले आफ्नो नाम परिवर्तन गरेर सामाजिक सञ्चाल फेसबुक, इन्स्टाग्राम र ट्विटरबाट भायोनेटका ग्राहकको व्यक्तिगत विवरण सार्वजनिक गरेपछि उनलाई पक्राउ गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप