बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण अब विध ल्याबमा

आइतबार, २६ पुस २०७७, १७ : ४९
आइतबार, २६ पुस २०७७

काठमाडौं । काठमाडौंको कुपण्डोलमा अवस्थित विध ल्याबमा अब कोरोना भाइरस विरुद्धको एन्टिबडी परीक्षण हुने भएको छ । यो सेवा आजैबाट सुरुवात भएको ल्याबले जानकारी दिएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको लक्षण कतिपयलाई नदेखिन सक्ने भन्दै ल्याबले कोरोना संक्रमण भएको हुन सक्ने संभावित अवस्थालाई हेरेर एन्टिबडी परीक्षण गर्ने भएको हो । थाहा नै नभइ शरीरमा एन्टिबडी बनेको हुनसक्ने चिकित्सकहरुले बताएका छन् ।

यस अघि सस्तो र सरल मूल्यमा कोरोना परीक्षण गराउँदै आएको यस ल्याबले शरीरमा प्रचुर एन्टिबडी बनेको छ भने खोपको लागि हतार गर्नु नपर्ने सुझाव समेत दिएको छ । ‘शरीरमा कोरोना भाइरस विरुद्धको एन्टिबडी बनेको छ कि छैन, भन्ने विषय पनि एन्टिबडी जाँचपछि थाहा पाइने ल्याबले बताएको छ । ल्याबले एन्टिबडी परीक्षणको शुल्क रु. १ हजार तोकेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप