सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले जारी गरे १६ पृष्ठ लामो सर्कुलर (पूर्णपाठ)

आइतबार, २६ पुस २०७७, २३ : १२
आइतबार, २६ पुस २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूहलाई १६ पृष्ठ लामो आन्तरिक सर्कुलर जारी गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टी विभाजन भएपछि पुस २२ गते अन्तरपार्टी निर्देशन पठाएका हुन् । निर्देशनमा प्रधानमन्त्री ओलीले प्रतिनिधि विघटनपछिको अवस्थालाई समेटेका छन् । उनले जारी गरेको निर्देशनमा अहिलेसम्म पार्टीले गरेका निर्णय र भावी रणनीतिका विषयमा उल्लेख गरिएको छ ।

पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेलगत्तै सत्तारुढ दल नेकपामा विभाजित भएको हो । उक्त विभाजनसँगै एक पक्षको नेतृत्व प्रचण्ड–माधव समूहले गरिरहेको छ भने अर्को समूहको नेतृत्व ओलीले गरेका छन् । राष्ट्रपति भण्डारीले संसद विघटनसँगै २०७८ साल वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी छिन् ।

यस्तो छ सर्कुलरको पूर्ण पाठः 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप