चिकित्सा शिक्षा आयोगले तोक्यो पिजी अध्ययनका लागि शुल्क
काठमाडौं—चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर (पिजी) तहको शुल्क तोकेको छ । आयोगका अनुसार एमडी एमएस क्लिनिकल र एमडीएस क्लिनिकल अध्ययनका लागि २२ लाख ९९ हजार शुल्क लाग्छ ।
एमडी आयुर्वेद अध्ययनका लागि ९ लाख २४ हजार ३ सय ६५,एमपीएचका लागि पनि ८ लाख ८८ हजार २ सय ५०, एमएन/एमएस्सी नर्सिङ अध्ययनका लागि भने ८ लाख ८८ हजार २ सय ५०, र एमफर्मामा अध्ययनका लागि ५ लाख १ हजार ६ सय रुपैयाँ निधारण गरेको छ । चिकित्सा शिक्षा आयोगले एमएस्सी एमएलटी, एमएस्सी एमआईटी, एमएस्सी मेडिकल माइक्रोबायोलोजीर/बायोकेमेस्ट्री र एमएस्सी बेसिक साइन्स अध्ययनका लागि ७ लाख ३१ हजार ५ सय रुपैयाँ शुल्क निधारण गरेको छ । रएमफिल क्लिनिकल साइकोलोजीका लागि भने २ लाख ९३ हजार ६ सय ४५ रुपैयाँ चिकित्सा शिक्षा आयोगले तोकेको छ ।
पिजी अध्ययनका लागि आयोगले १८,१९ र २० गते परीक्षा लिएर नतिजा प्रकाशित समेत गरिसकेको छ। आयोगका अनुसार छात्रवृत्ति बाहेकका सिटमा विश्ववद्यालय, प्रतिष्ठान तथा कलेजले यही शुल्क अनुसार विद्यार्थीसँग शुल्क लिनु पर्ने हुन्छ।