सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

युनाइटेड इन्स्योरेन्समा किन हुन्छ पटक–पटक विवाद ?

मङ्गलबार, २८ पुस २०७७, १७ : २०
मङ्गलबार, २८ पुस २०७७

युनाइटेड इन्स्योरेन्स कम्पनीको निमित्त कार्यकारी प्रमुख उपासना पौडेलको कार्यशैलीलाई लिएर केही कर्मचारीले असन्तुष्टि पोख्दै आएका छन् । पौडेललाई सिईओ बनाएको विषयमै उनीहरुले असन्तुष्टि जनाएपनि नियामक निकायले छानबिनपछि उनलाई क्लिन चिट दिइसकेको छ । 

पौडेलको योग्यताको विषयमा बिमा समितिले यसअघि नै छानविन गरी सम्बन्धित निकायमा छानविन प्रतिवेदन बुझाइसकेको छ ।  समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विभिन्न ठाउँबाट सिईओको योग्यताको छानविन गर्न पत्र आएको र सोही बमोजिम आफूहरुले छानबिन गरेर प्रतिवेदन सम्बन्धित निकायलाई बुझाएको बताए । उनले छानबिनबाट उनको योग्यता पुगेको देखिएको स्पष्ट पारे । 
 
पौडेलले भने,  ‘उहाँको सर्टिफिकेटसम्म राखेर सम्बन्धित निकायमा पठाएका छौँ । हामीले हेर्ने भनेको सिईओको योग्यता पुगेको छ की छैन भनेर हेर्ने हो । सिईओ छान्ने सञ्चालकले हो हामीले होइन । हाम्रो अध्ययनले उनको योग्यता पुगेको देखिएको छ ।’

‘उजुरी परेर छानविन नभएको होइन छानीबन भएको छ र निर्णयमा पनि पुगिसकेको छ,’ उनले भने । 
बिमा दाबी र भुक्तानीमा पटक पटक विवादमा आउने युनाइटेडमा यसपटक भने यस्तो विवाद देखिएको हो । 

पौडेल यसअघि डेपुटी कार्यकारी अधिकृत थिइन् । रमेशकुमार भट्टराईको करार अवधि समाप्त भएर बिदा भएपछि पौडेललाई ब्यवस्थापन प्रमुखको जिम्मेवारी दिइएको हो ।

के भन्छिन् पौडेल ?
पौडेलले आफ्नो योग्यता पुगेको स्पष्ट पारेकी छन् । उनले भनिन्, ‘यही विषयलाई लिएर किन पटक पटक विवाद हुन्छ मैले बुझन सकिरहेको छैन, काम गर्छु भनेर आएको छु तर आरोप लगाउँदै हिँड्छन् । काम गर भनिन्छ तर काम नगर्नेहरुले त्यसलाई दबाब ठान्छन् ।’

कामु प्रमुख कार्यकारी अधिकृत पौडेल दिल्ली युनिभर्सिटीबाट एमबीए हुन् । उनीसँग भारतको आईसीआइसीआई जनरल इन्स्योरेन्स कम्पनीमा काम गरेको अनुभव छ । उनी आईसीआईसीआईमा तीन वर्ष काम गरेर चर्चित टेलिकम कम्पनी भोडाफोनमा गएकी थिइन् । त्यसपछि उनले अर्को एक इन्स्योरेन्स कम्पनीमा पनि काम गरेकी थिइन् ।
उनले भनिन्, ‘अनुभवको कुरा गर्नुहुन्छ भने मैले भारतमै २÷३ वर्ष काम गरेको हुँ ।  नेपालमा पनि काम गरेको हो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप