सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

ओलीजी कुर्सी भाँच्छु भन्नुहुथ्यो, संविधान नै भाँचिदिनुभयोः प्रचण्ड

बुधबार, २९ पुस २०७७, १५ : ३२
बुधबार, २९ पुस २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड माधव नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले संविधान नै भाँचिदिएको बताएका छन् । प्रचण्ड–माधव पक्षको काठमाडौं जिल्ला कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘पहिले उहाँले कुर्सी भाच्छु भन्नुहुथ्यो । कुर्सी भाच्नु भयो भनेर फेरि बनाउला भन्ने थियो । तर उहाँले  त संविधान नै भाँचिदिनुभयो । लोकतन्त्र भाँचिदिनुभयो । राष्ट्रै भाँचिदिनुभयो ।’

यस्तै उनले भारतबाट जी न्यूजलाई बोलाएर प्रधानमन्त्री केपी ओलीले अन्तर्वार्ता दिएर नाटक मन्चन गरेको बताए । ‘जी न्युजलाई बोलाएर अन्तर्वार्ता दिनु ओलीको नाटक हो । एभरेष्टको नाम फेर्ने जी न्यूजको समाचारले ओलीको अन्तर्वाता नाटक हो भन्ने पुष्टि भएको छ । उहाँलाई विदेशी शक्ति आएर के के मन्त्र सुनाए त्यो थाहा भएकै हो । अहिले जी न्युजलाई उहाँले दिएको अन्तरवार्ता पनि हेर्यौ त्यो नाटकै हो । त्यसको पटाक्षप नै भैसकयो’  प्रचण्डले भने ।
कमिलाको प्वाँख उम्रिए जस्तै ओलीमा पनि प्वाँख पलाएको भन्दै अब उनको समय धेरै नभएको बताए ।

उनले भने, ‘कमिलाको प्वाँख उम्रिएपछि सकिन्छ भन्छन् । उहाँ (केपी ओली) पनि सकिनुहुन्छ ।’ संविधान र गणतन्त्र मास्न खोज्ने ओलीमा आफ्नो गल्तीको अलिकति पनि स्वीकारोक्ति नहुनु बिडम्वनायुक्त भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप