कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्ता पक्राउ
बुधबार, २९ पुस २०७७, १६ : २८
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने असंबैधानिक कदमविरुद्ध कपाल मुण्डन गरेर विरोध गर्ने नेविसंघका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको मध्यबानेश्वरमा नेविसंघका कार्यकर्ताले ओलीको कदमविरुद्ध कपाल मुण्डन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको हो । कपाल मुण्डन गरेर मलामी बनेर विरोध प्रदर्शन गर्ने उनीहरुको तयारी थियो । त्यसक्रममा नेविसंघका दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ परेको नेविसंघले जनाएको छ ।