मुद्दा मिलाइदिने भन्दै ९० हजार माग गर्ने पक्राउ
बिहीबार, ०१ माघ २०७७, १३ : ०५
काठमाडौँ – मुद्दा मिलाइदिने भन्दै ९० हजार ठगी गर्ने एक जना पक्राउ परेका छन् ।
बिहीबार बिहान काठमाडौँ महानगरपालिका–१५ स्वयम्भुबाट मकवानपुर टिष्टुङ पालुङ नगरपालिका –१२ स्थायी घर भएका ३९ वर्षीय चन्द्र लामा भनिने बुद्धि बहादुर घलान पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार महानगरीय प्रहरी वृत्त थानकोटमा अनुसन्धानको क्रममा रहेको मुद्दा मिलाइदिने भन्दै घलानले पीडितसँग ९० हजार रुपैयाँ माग गरेका थिए ।
घलानलाई महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको संयुक्त टोलीले पक्राउ गरेको हो ।