थानकोटबाट लागूऔषधसहित एक जना पक्राउ
बिहीबार, ०१ माघ २०७७, १३ : ०४
काठमाडौँ – काठमाडौँ चन्द्रागिरी नगरपालिका – २ नागढुंगास्थित चेकपोस्ट्बाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक ठूलोसिरवारी गाउँपालिका–१३ का २३ वर्षीय उमेश गहतराज रहेका छन् ।
बिहीबार बिहान सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २७९० नम्बरको यात्रुबाहक बसमा चेकजाँच गर्ने क्रममा गहतराजको झोलामा रहेको लागूऔषध पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर प्रवक्ता डिएसपी प्रमेश विष्टका अनुसार गहतराजको साथबाट DIAZEPAM ६४ एम्पुल, PHENERGAN ६७ एम्पुल,NOOPHIN ६४ एम्पुल र NITRAZEPAM ४० ट्यावलेट बरामद गरिएको छ ।
डिएसपी विष्टले यस विषयमा थप अनुसन्धान भइरहेको रातोपाटीलाई बताए ।