सामूहिक बलात्कार आरोपी पक्राउ
बिहीबार, ०१ माघ २०७७, १७ : १२
काठमाडौं । सामुहिक बलात्कारमा संलग्न फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
बिहिबार कञ्चनपुर प्रहरीले बैतडीको पञ्चेश्वर गाउँपालिका–४ घर भएका धर्मेन्द्र चन्दलाई पक्राउ गरेको हो ।
बैतडी पञ्चेश्वरकी १६ बर्षिया किशोरीलाई बलात्कार गरेर चन्द भागेका थिए ।
उनलाई कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी अमर बहादुर थापाले रातोपाटीलाई बताए ।
उनलाई थप अनुसन्धान र कारवाहीका लागी बैतडी पठाइएको छ ।
सामुहिक बलात्कारमा संलग्न अर्का आरोपी २३ बर्षिय प्रविन चन्दलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरिक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीका अनुसार मंसिर र पुसमा किशोरीलाई पटक–पटक बलात्कार गरेको बारे उजुरी परेको छ ।