सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सरकारले यसरी जुटाउँदैछ कोरोना खोपको लागि पैसा

बिहीबार, ०१ माघ २०७७, १७ : ३७
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । सरकारले कोरोना खोपको लागि स्रोत जुटाउन खुला आव्हान नै गरेको छ । सूचनानै प्रकाशित गरेर सहयोग गर्ने दातृनिकाय तथा परोपकारी संस्थालाई ढोका खुला गरेको हो ।  अर्थसचिव शिशिरकुमार ढुंगाना सरकारले विकास साझेदारसँग सहयोगको लागि छलफल निकै अगाडी बढाएको बताएका छन् ।

एसियाली विकास बैंक, विश्व बैंक, दुइपक्षीय विकास साझेदारहरु स्वीस, एचवीसी, जिआइजेट तथा बायलेटेरल संस्थाहरुले सहयोग गर्ने लगभग निश्चित जस्तै भएको ढुंगानाले बताए । यस्तै परोपकारी सामाजिक संस्थामा रोटरी, ज्याक्मा फाउण्डेसन, बिल गेट्स फाउण्डेसन जस्ता संस्थालाई सहयोगका लागि ढोको खुला गरिएको उनले भने । सरकारले खोपका लागि ४२ अर्ब लाग्ने अनुमान गरेको छ । खोप कोषमा सरकारले ५० करोड जम्मा गरेर खाता सक्रिय गराएको छ । खोप प्रक्रिया शुरु भएपछि विस्तारै रकमको आवशयकता पर्ने भएकाले अहिले सो रकमको जोहो गर्न लागेको हो । 

सरकारले दातृ निकायसँग सहयोग माग गर्दै प्रकाशन गरेको सूचनाले आम मानिसहरुमा सर्वसाधारणबाट पैसा उठाउँन खोजिएको भ्रम पर्न गएको भन्दै सो रकम सर्वसाधारणसँग नभइ दातृ निकायसँग सहयोग मागिएको ढुंगानाले स्पष्ट पारेका छन् ।  सरकारले प्राथमिकताका आधारमा खोपको उपलब्धता भइसकेपछि निःशुल्क खोप वितरण गर्ने जनाउँदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप