सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

धर्मेन्द्रको गिरफ्तारीविरुद्ध विप्लव समूहले सार्वजनिक गर्‍यो नेपाल बन्दसहितका संघर्षका कार्यक्रम

बिहीबार, ०१ माघ २०७७, १७ : ४७
बिहीबार, ०१ माघ २०७७

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले आफ्ना सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’लाई पक्राउ गरेको विरोधमा संघर्ष गर्ने निर्णय गरेको छ ।  बुधवार प्रहरीले दक्षिण ललितपुरबाट बाँस्तोलासहित ३ जनालाई पक्रेको थियो । ‘कञ्चन’लाई सानेपास्थित एनसेलको मुख्यालयमा भएको विष्फोट र सामाखुसी बम विष्फोटको घटनामा अनुसन्धान गर्ने प्रहरीको तयारी छ । 

बाँस्तोलासहित दुईजना ब्यूरो सदस्य पक्राउको विरोधमा विप्लव समूहले माघ १० मा नेपाल बन्द गर्ने निर्णय गरेको छ । माघ ३ मा देशभर विरोध जुलुस, ५ मा विरोध सभा, माघ ७ मा विरोध प्रदर्शन र माघ ९ मा मशाल जुलुस गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।  गिरफ्तारीको भर्त्सना गर्दै विप्लवले भनेका छन्–‘दमनले राज्य सञ्चालक नै समाप्त हुने ओली सरकारलाई चेतावनी दिन चाहन्छौं ।’

यो पनि...


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप