बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आफ्नो भाग्य हेर्नुहोस्

बिहीबार, १२ असोज २०७४, ०६ : ३१
बिहीबार, १२ असोज २०७४

वि.स. २०७४ साल असोज १२ गते। बिहीबार। इश्वी सन् २०१७ सेप्टेम्बर २८ तारिख। शकसंवत् १९३९। साधारण संवत्सर। दक्षिणायन। शरद ऋतु। नेपाल संवत् ११३७ कौलाथ्व। आश्विन शुक्लपक्ष। तिथि– अष्टमी, १९:२७ बजेउप्रान्त नवमी। नक्षत्र– मूल, १२:१८ बजेउप्रान्त पूर्वाषाढा। योग– सौभाग्य, ११:१० बजेउप्रान्त शोभन। करण– भद्रा, ६:२५ बजेदेखि वव, १९:२७ बजेउप्रान्त वालव। आनन्दादिमा धुम्र योग। चन्द्रराशि– धनु। 

काठमाडौंमा सूर्योदय– ५:५५ बजे, सूर्यास्त– १७:५२ बजे र दिनमान २९ घडी ५१ पला। शारदीय नवरात्र। महाष्टमी व्रत, कालरात्री। अष्टमी व्रत, गोरखकाली पूजा। कुलछिभ्वय।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) लगनशिल तथा ईमान्दारिताले समाजका मान सम्मानमा बृद्धि भएर जानेछ । प्रेम प्रशङको गाठो कसिलो भएर जानेछ भने नया ठाउँबाट प्रेम प्रस्ताब आउँने अधिक सम्भावना रहेकोछ । लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईको काममा प्रतिष्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाई लेखाईमा प्रसस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउँन तथा नोकरिका बढोत्तरिको गतिलो योग रहेकोछ । 

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यावसाय तथा शेयर बजार जस्ता क्षेत्रमा लगानि गरि मनग्गे आम्दानि गर्न सकिनेछ । पुराना तथा थाति रहेका कामहरु सुचारु हुँनेछन् भने नयाँ काम गरि मनग्गे धन संग्रह गर्न सकिन्छ । अध्ययन अध्यापनमा सुधार गरि पुरस्कार तथा प्रशङशा पत्र जित्न सकिन्छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने दिदिबहिनीहरुको सहयोग पाईने हुँदा कामहरु समयमानै सम्पन्न गर्न सकिनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्नो क्षमता प्रयोग गरि अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा बृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पतिको प्रयोग गर्न पाईने तथा बिलाशि जीवन ब्यातित गरि रमाउँने समय रहेकोछ । जीवन साथि सँग रमाईलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारि व्यावसायबाट प्रशस्त आम्दानि गर्न सकिनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुँनाले मन प्रसन्न हुँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुँनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) स्वास्थ्य आफ्नै काबुमा रहने हुँनाले नयाँ नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ । माया प्रेम गर्नेहरुले आफ्नो मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसि भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुँने तथा व्यापारबाट मनग्गे नाफा कमाउँन सकिनेछ । अध्ययन अध्यापनमा अरुलाई पछि पार्दै पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ । आकश्मिक धन तथा भौतिक सम्पति लाभ हुँनेछ भने शेयर बजारमा गरेको लगानि फस्टाएर जानेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष परिमार्जन गरि आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । घर जग्गा तथा सवारि साधनको खरिद बिक्रि गरि मनग्गे धन आर्जन गर्न सकिनेछ । आमा वा अग्रजको सहयोगले महत्वपुर्ण कामहरु सम्पादन गर्न सकिनेछ । राजनिति तथा समाजसेवामा समय लिनेहरुले पद प्रतिष्ठा प्राप्त गर्न सक्नेछन् । अध्ययनमा ध्यान जाने हुँनाले स्कुल कलेजमा तपाईको नाम अग्र स्थानमा आउँनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नोकरिमा सम्मान तथा राजनितिमा लाग्नेहरले बिषेश पद पाउँने समय रहेकोछ । छोटो तथा अर्थपुण उपलब्धिमुलक यात्राको तय गर्न सकिनेछ भने गन्तब्य पहिल्याउँदै अगाडि बढ्न सकिनेछ । न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछन् भने पराक्रम बढेर जाने हुँनाले शाहशिलो काम गर्न जोस जागर बढेर आउँनेछ । अध्ययनमा सुधार भएर जाने हुँनाले साथिहरुलाई किनारा लगाउँदै अगाडि बढ्न सकिनेछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुँनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुँनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  प्रतिष्ठित काम गर्ने अवसर आउँनेछ भने बिशिष्ट ब्याक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धि मुलक कामहरु बन्नेछन् । राजनिति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानिका स्रोतहरु फराकिला हुँनेछन् । शुन्दर तथा बिलाशि सामानको प्रयोग मार्फत अरुको ध्यान आफुतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) बिदेशबाट सञ्चालित सस्थामा काम पाउँने तथा पदोन्नतिको गतिलो सम्भावना रहेकोछ । लामो दुरिको बिदेश यात्रा हुँनेछ भने बिदेशमा बसेर काम गर्नेहरुले मनग्गे धन सम्पति जोड्न सकिने समय रहेकोछ । स्वास्थ्य सबल हुँने हुँदा परिणाम मुखि काम गरि समाजमा नाम कमाउँन सकिनेछ । पढाई लेखाईमा सुधार भएर जानेछ भने प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

कुम्भ(गू ,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापार व्यावसाय अन्य दिन भन्दा खस्केर जानेछ भने भनेजस्तो आम्दानि नहुँदा दैनिकि प्रभावित हुँनेछ । सरकारि स्रोत साधन तथा प्राकृतिक स्रोतको प्रयोग गर्दा ख्याल गर्नुहोला समय मध्ययम रहेकोछ । पढाई लेखाईमा ध्यान नजादा अरु भन्दा पछि परिने सम्भावन रहेकोछ । माया प्रेममा  अबिस्वास बढ्नेछ भने घर परिवारमा आफन्तबिच घरायसि कुरामा विवाद सिर्जना हुँन सक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ख्याल गर्नुहोला । 

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायमा लगानि गरि रोजगारिका अवसरहरु सिर्जना गर्न सकिने तथा आम्दानिका स्रोतहरु फराकिला बनाउँन सकिनेछ । नयाँ काम पाउँने तथा अनुकुल स्थानमा स्थानान्तरणको गतिलो सम्भावना रहेकोछ । पढाई लेखाईमा अन्य प्रतिष्पर्धिभन्दा अग्र स्थानमा तपाईको नाम आउँनेछ । नयाँ ठाउँबाट प्रेम प्रस्ताब आउँने तथा पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट :  चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप