सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एकीकृत पर्यटन तथ्याङ्क प्रणालीको शुरुवात हुँदै, अब सामान्य होटलले पनि पर्यटकको सम्पूर्ण जानकारी राख्न सक्ने

शुक्रबार, ०२ माघ २०७७, १३ : २५
शुक्रबार, ०२ माघ २०७७

काठमाडौं । पर्यटन क्षेत्रको सम्पूर्ण तथ्य, तथ्याङ्क तथा सूचना राख्ने गरी ‘एकीकृत पर्यटन तथ्याङ्क प्रणाली’को विकास गरिने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पहलमा पर्यटन बोर्डको समेत सहकार्यमा एकीकृत तथ्याङ्क प्रणालीको विकास गरिने भएको हो । 
उक्त प्रणालीको विकास पश्चात नेपाल घुम्न आउने पर्यटकको सम्पूर्ण विवरणसहित नेपाल रहने अबधिको समेत सम्पूर्ण तथ्याङ्क सामान्य होटलले समेत जानकारी राख्न सक्ने पर्यटन बोर्डका प्रवक्ता मणिरत्न लामिछानेले रातोपाटीसँग बताए । 

‘अहिले हामी कहाँ एकीकृत तथ्याङ्क संकलन केन्द्र नहुँदा पर्यटनसँग सम्बनिध कुनैपनि घटनाको यथार्तत विवरण पाउन सकेका छैनौं । कहाँ कति पर्यटक आए कति बसे, को कहाँ घुम्दैछन् पत्तो छैन । फेरि पर्यटकहरु पनि यहीँ डाटा सेन्टर नहुँदा अन्योलमा मनलाग्दी घुम्नु परेको र अनावश्यक समस्या भोग्नु परेको बुझिएको छ,’
प्रवक्ता लामिछानेले भने, ‘अब त्यस्तो समस्या न पर्यटकले भोग्नु पर्छ न त व्यवसायीहरुले नै । हामीले पर्यटनसँग सम्बन्धित सम्पूर्ण जानकारी दिने गरी एकिकृत पर्यटन तथ्याङ्क प्रणालीको विकास गर्दै छौं । यस्तो तथ्याङ्क प्रणाली छिट्टै विकास गरिने छ ।’
त्यसो त पर्यटन मन्त्रालय र बोर्डले एकीकृत तथ्याङ्क प्रणालीका लागि गृहकार्य शुरु गरि सकेको छ । शुक्रबार मात्र मन्त्रालय र विभागले सो सम्बन्धमा पहिलो पटक पोखरामा रहेका मातहतका कार्यालयका कर्मचारीहरुलाई तथ्याङ्क प्रणाली बारे प्रशिक्षण दिएको छ । 
तथ्याङ्क प्रणालीको विकाससँगै अहिले कोभिड–१९ का कारण सिंगो पर्यटन क्षेत्रले भोग्नु परेको समस्या, लगानी, नोक्सान र वास्तविक श्रमिकहरुको तथ्याङ्क समेत सोही प्राणालीबाट निकालिने प्रवक्ता लामिछानेले बताए । 

के हो एकीकृत तथ्याङ्क प्रणाली ? 

एकीकृत तथ्याङ्क प्रणाली पर्यटन क्षेत्रसँग सम्बन्धी सम्पूर्ण जानकारीहरु राख्ने र आवश्यक परे प्रभाव गर्ने तथ्याङक (डाटा) सेन्टर हो । जहाँ अध्यागमन विभाग, पर्यटन मन्त्रालय र बोर्डको समेत तथ्याङ्कहरु प्रविस्ट गरिन्छ । कुनैपनि मुलुकका नागरिक नेपाल भित्रिसकेपछि उसको व्यक्तिगत डाटाहरु उक्त प्रणालीमा राखिन्छ भने, घुम्ने बस्ने र नेपाल रहने सम्मको तथ्याङ्क पहिले नै उक्त प्रणालीमा चढाइन्छ । यसले को व्यक्ति कहाँ छ र उसको भिसा अबधि कति हो जानकारी दिन्छ ।
त्यस्तै उक्त प्रणालीमै स्वदेशमा रहेका होटल लजको समेत वस्तु स्थितिको बारे तथ्याङ्क राखिएको हुन्छ । जसले पर्यटकहरुलाई कहाँ जाने र कहाँ बस्ने एकिन गर्न सहज हुन्छ । यो एक सफ्टवरमा आधारित प्रणाली हो । 
यस्तो प्रणालीमा यूजर आडी र पासवर्ड राखिएको हुन्छ । उक्त डाटा सेन्टरको यूजर आडी र पासवर्ड आवश्यक होटल, मन्त्रालय, विभाग सुरक्षा निकाय लयात सम्बन्धित क्षेत्रहरुले लिन सक्छन् । 

यस्तो डाटा सेन्टर विकासका लागि केहि समयअघिदेखि नै अद्यागमन विभाग, पर्यटन मन्त्रालय र बोर्डले गृहकार्य गरिहेको थियो । तर, लामो समयको गृहकार्यपछि मात्र हाल मन्त्रालय विभाग डाटा सेन्टर विकासको अन्तिम चरणमा आइपुगेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप