सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कलाकारका दशैँ गाउँदेखि विदेशसम्म

बिहीबार, १२ असोज २०७४, १० : ०३
बिहीबार, १२ असोज २०७४

काठमाडौँ– नेपालीहरूको महान् चाड दशैँ सबैको घरआगनमा भित्रिइसकेको छ । एक्सन कटमा रमाउने कलाकारदेखि सर्वसाधारसम्म यति बेला दशँैको माहोलले छोएको छ । दशैँको किनमेलदेखि गाउँको यात्रासम्मको हतारो सबैमा देख्न पाइन्छ । केही कलाकार यो वर्षको दशैँ साङ्गीतिक कार्यक्रमको व्यस्तताले विदेशमै मनाउने सुरमा छन्, भने केही यसपटको दशैँ आफ्ना लागि विषेश हुने बताउँछन् । केही कलाकार दशैँ मनाउन योजना बनाएर लागेका छन् भने केहीले हल्काफुल्का नै लिएको पाइन्छ । कलाकारको दशैँ योजना उनीहरूकै शब्दमा ।

निखिल उप्रेती (अभिनेता)
दशै मांसहारीका लागि विषेश होला । आफू त साकाहारी परियो । दिनचर्या पहिले झैँ सामान्य बित्नेछ । सबै सुटिङ केही समयका लागि रोएिकाले घर परिवासँग नै बित्छ दशैँ । आफूभन्दा ठूलासँग टीका थाप्ने, आशीर्वाद लिने र सानालाई टीका र आशीर्वाद दिने गर्छु । दशँैलगतै चलचित्रको सुटिङ सेलुड छ । यो फुर्सदमा त्यसको पनि तयारी गर्ने योजना छ । बच्चाहरूको लागि सपिङ गर्न बाँकी छ । यो पनि भ्याउनुपर्छ । आफ्नो लागि त सधैँ सुटिङको क्रममा गरिरहेको हुन्छ ।

करिस्मा मानन्धर (अभिनेत्री) 
यो दशैँ मेरा लागि विशेष हुनेछ । छोरी कविता पनि दशैँका लागि भनेर अमेरिकाबाट आएकी छन् । धेरैपछि सबै परिवार एकसाथ दशँै मनाउँदै छाँै । दशैँका लागि केही स्पेसल सपिङ गरेकी छैन, गर्ने योजना पनि छैन । साथीहरू दशँैमा जुवा, तास पनि खेल्ने गर्छन् । म सधँै यी सबैबाट टाढा रहँदै आएकी छु ।

भूमिका गिरी (लोक गायिका) 
दशैँका लागि खासै योजना बनाइरहनुपर्दैन । परिवारसँग मनाउने हो । अहिले बजारमा हिँड्नै गाह्रो छ । सपिङ गर्नेको लर्काेले । त्यसैले दशँैका लागि सपिङ गर्दिनँ । बजारमा आएका र आफूलाई मनपर्ने पहिरन जहिले पनि किन्ने गरेकी छु । मान्यजनको हातबाट टीका थाप्ने, आशीर्वाद लिने चलन दशैँको विशेष लाग्छ । एक दुई ठाउँमा सङ्गीतिक कार्यक्रम परेको छ । त्यो पनि भ्याउनेछु । वर्षको एकपटक सम्पूर्ण दुःख, पीडा भुलेर परिवारसँग रमाइलो गर्ने यो चाडमा पिङ खेल्न, चङ्गा उडाउन मनपर्छ । जुवातासबाट म सधैँ टाढा रहने गरेकी छु । 

रजनी केसी (अभिनेत्री) 
चलचित्र ‘पटुकी’को सुटिङ चितवमा चलिरहेको छ । दशैँको केही दिन मात्र ब्रेक हुन्छ होला । सुटिङकै सपिङ गर्दा दशँैका लागि पनि सपिङ गरेको थिए । यो दशँै गाउँ जान्न, काठमाडाँैमै मनाउँछु । सिनियरसँग टीका लगाएर आशीर्वाद लिन पाउँदा बेग्लै किसिमको आनन्द फिल हुन्छ । केही क्षण रमाइलोका लागि तास खेल्छु । लङ्गुरबुर्जा खेल पनि मनपर्छ । मिलेसम्म खेल्ने छुु । मेरो हरेक पटकको दशैँ रमाइलो हुने गरेको छ । यस पटकको पनि विशेष हुन्छ ।

खुस्बु खड्का (अभिनेत्री) 
परम्परादेखि चल्दै आएको दशैँ एकदमै रमाइलो लाग्छ । दशैँका लागि अहिलेसम्म केही सपिङ गरेकी त छैन । बुबाका लागि दौरासुरुवाल,  आमाका लागि कुर्ता सुरुवाललगायत किनिदिएकी छु । दशैँको आफन्तसँग टीका थाप्ने चलन राम्रो लाग्छ । आफ्ना लागि केही सपिङ गर्ने विचार छ । भ्याएकी छैन । सपिङ गर्छु । यो दशँै परिवारसँग नै मनाउने योजना छ । घरमा टीका लगाएपछि आफन्तको घरमा टीका थाप्न जाँन्छु । काठमाडौँ रहेका साथीहरूसँग पनि दशैँको दिनमा भेटेर रमाइलो गर्ने सोच छ । हेरौँ के हुन्छ ।

मान्डबी त्रिपाठी (गायिका) 
देखासिकी चलनले चाड महँगो हँुदैछ । आआफ्नो औकातअनुसार मनाउनु यो चाडमा अहिले विकृति भित्रिएको छ । दशैँका लागि भनेर त्यस्तो धेरै सपिङ गरेकी छैन । भर्खर युरोप टुरबाट फर्किएकीले उतैबाट परिवार आफ्ना लागिर आफ्ना लागि कपडा ल्याएकी छु । श्रीमान्को घर दाङ हो । दशैँमा उतै गइन्छ । दशैँको बीचमा मेरो केही कार्यक्रम पनि छन् । ती कार्यक्रममा सबैलाई रमाइलो गराउने मेरो प्रयास रहने छ । पहिले घरमा सासूससुराको हातबाट टीका लगाएपछि अन्य आफन्तसँग लगाउँछु । पूर्णिमासम्म टीका लागउने चलन हाम्रो गाउँघरमा चलेको छ । त्यसैले भ्याइनभ्याइ पर्दैन ।

सीताराम पोखरेल (गायक) 
अष्टमीको दिन विराटनगरमा एक महोत्सव आयोजना हुँदैछ । त्यसमा मेरो प्रस्तुति पनि राखिएको छ । उक्त कार्यक्रमपछि दशँै विराटनगरकै आफन्तसँग मनाउँछु । धेरै भयो कामले गर्दा घर जान पनि नपाएको । दशैँमा दुर्गा मन्दिरमा बिहानै गएर मानिस हेर्न रमाइलो लाग्छ । यो पर्वले टाढाटाढा छरिएर रहेका परिवालाई एक ठाउँमा भेला गर्दिनँ । यही नै यसको महत्वपूर्ण हो भनने मैले बुभेकी छु । दशैँमा आफूभन्दा ठूलासँग टीका थाप्ने, विभिन्न खेलमा रमाउने त सामान्य नै हो । 

सपना लामिछाने (अभिनेत्री) 
दशैँ चितवन घरमै मनाउँछु । केही समय भयो सबै फ्यामिलीसँग भेट नभएको । हजुरआमासँग दशँै मनाउन पाउँदा निकै खुसी लाग्छ । यो मेरो मनपर्ने चाड पनि हो । आफूभन्दा ठूलासँग टीका थापेर आशीर्वाद लिन पाइन्छ । मेरो जन्मदिन दुई वर्षजति दशैँको दिनमा परेको थियो । दशैँमा पिङ, लङ्गुरबुर्जा लगायतमा रमाउने विचार छ ।

स्वस्तिमा खड्का (अभिनेत्री) 
मेरो अभिनय रहेको चलचित्र ‘छक्का पन्जा २’ प्रदर्शनमा आउँदैछ । चलचित्रको प्रतिकृया बुझ्न दर्शकमाझ पुग्नै पर्यो । यस पटकको दशँै म काठमाडौँमै मनाउँछु । दशैँको लागि भनेर केही किन्न पनि भ्याएकी छैन । पहिला पहिलाजस्तो दशैमा नयाँ पहिरन लगाउनु पर्ने भन्ने पनि लाग्दैन । दशैँमा भेटेसम्म पिङ खेल्छु । तास पनि खेल्न मनपर्छ । तास बाहिरभन्दा पनि घरको आफन्तसँग खेल्दा रमाइलो लाग्छ । टीका थाप्ने आशीर्वाद लिने त चलिरहन्छ नै ।

कर्णराज गिरी (गायक) 
दशैँका केही दिन साङ्गीतिक कार्यक्रममा व्यस्त रहन्छु । त्यसपछि परिवारसँग मनाउने योजना छ । दाइ, दिदीबहिनी र आफन्तसँग धेरै समय भयो भेट नभएको । दशैँले त्यो संजोक जुर्ने भो । आफन्तसँग मिलेर विशेष बनाउँछु । काठमाडाँैबाट गाउँ जाँदैछु । त्यसैले केही सपिङ त आफन्तका लागि गर्नै पर्यो । सबैका लागि कपडा किनेको छु । जुवा खेल्ने, तास खेल्ने मेरो पहिलेदेखि नै बानी छैन । पिङ भने खेल्छु । 

लक्ष्मी आचार्य (गायिका) 
भर्खर दशैँका लागि सपिङ सकेँ । त्यस्तो केही सपिङ गरेकी छैन । नवदुर्गाका लागि चढाउने केही कपडा, आफन्तका लागि केही र आफ्ना लागि कुर्थासुरुवाल किनेकी छु । सपिङ दशैँमै गर्नुपर्छ भन्ने मलाई लाग्दैन । तर गर्दा पनि राम्रो हो । म कलाकार भएकाले पनि अन्य समय सपिङ भइरहन्छ । एक वर्षपछि म टीकापुर घर जाँदैछु । यो दशँै नेपालमै भएका कारणले पनि परिवारसँग मनाउन पाउँदा निकै छु । धेरै समयसँग भेट नभएका साथीसँग चाडवाडले मिलाउँछ । उनीहरूसँग पिङलगायतका खेलमा रमाउने विचार छ । गाउँमै दशैका विभिन्न कार्यक्रम आयोजना हँुदैछ । त्यहाँ सङ्गीतिक प्रस्तुतिसमेत दिनेछु । 

रश्मी तामाङ (मोडल) 
यसपटकको दशैँमा म हङ्कङ र कोरियामा हुनेछु । विभिन्न कार्यक्रमको सिलसिलामा विदेश यात्रा गरिरहनुपर्ने भएकाले स्वदेशी आफन्तसँग दशँै मनाउन नपाएको चार वर्ष भयो । तर दुःख लागेको पनि छैन । किनभने विदेशमा पनि स्वदेशी दाजुभाइ तथा दिदीबहिनीसँग नै मनाउने हो । तर आफन्तहरूलाई भने मिस गर्नेछु । आफूभन्दा ठूलासँग टीका थापेर आशीर्वाद लिन यो दशँैमा पनि वञ्चित  हुनेभएँ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप