गीत
मुस्काउँ भनेथेँ भित्र भित्रै
शनिबार, ०३ माघ २०७७, ०९ : ५३
- इन्जिनियर राकेश कार्की
मुस्काउँ भनेथेँ भित्र भित्रै
बाहिरै तिमीले थाहा पायौ
यसै खुसी हुने बानी बस्यो
जब देखि दिलमा आयौ
ला---- ला-ला-ला-ला-- ला-ला-ला
सिरि सिरि हावा बिना
फूलको सुवास छैन
सुनौला किरण बिना
रविको प्रकाश छैन
त्यही सुवास त्यही प्रकाश
मेरो जिन्दगीमा फिजायौ
यसै खुसी हुने बानी बस्यो
जब देखि दिलमा आयौ
मुस्काउँ भनेथेँ भित्र भित्रै
बाहिरै तिमीले थाहा पायौ
नीलो गुन्यू पहेँलो चोलो
हरियालीको जवानी
कालो केश गुलाबी ओठ
क्षितिज भो बैजनी
मिसिदैगो साँझको रङ्ग
झुकि लालित्यले लजायौ
यसै खुसी हुने बानी बस्यो
जब देखि दिलमा आयौ
मुस्काउँ भनेथेँ भित्र भित्रै
बाहिरै तिमीले थाहा पायौ
यसै खुसी हुने बानी बस्यो
जब देखि दिलमा आयौ