कविता
उही दुई हजार सत्र
शनिबार, ०३ माघ २०७७, १२ : १७
-साकार बाबु सुवेदी
एक विहान
गरुडले विष ओकल्यो
सैंतीस अघिकै रहेछ
विष असंवैधानिक हो,
हाम्रो होइन
फैसला गरिदिए सर्पहरुले ।
सत्र पल्टाएको सत्ताले
सत्र सालमै पु¥यायो
अब
सत्र साल नै पल्टेपछि
सत्ता नै कहाँ रहन्छ र ?
सत्ताधीश महोदय
रहन्छ त केवल
अलपत्र परेको देश
टाउको माथिको श्रीपेच ।
कत्ति प्रेस गर्नुहुन्छ श्रीमान् ?
प्रेसलाई
त्यसकै प्रेसरले मात्र अडिएको छ
तपाईंको वेन्च
बारबाट वेन्च झिकेपछि
इजलास कहाँ रहन्छ र ?
न्यायाधीश महोदय
रहन्छ त केवल
लेनदेनको फिराद पत्र
अनि
उही दुई हजार सत्र ।