‘भक्तजनले जिस्क्याउने र देवगणले लखेट्ने’ जात्रा, तस्बिरमा हेर्नुहोस्
आइतबार, ०४ माघ २०७७, १९ : २५
भक्तपुरमा प्रत्येक वर्ष जस्तै यस वर्षपनि नवदुर्गा गणको ङालाक्येगु जात्रा सुरु भएको छ । भक्तपुरको सूर्यमढीबाट नाच सुरु भएको हो । नाचको क्रममा मुकुण्डो लगाएका देवगणले नाचमा देवतालाई जिस्क्याउन आउने भक्तालुलाई समात्ने प्रयास हुन्छ।
यो जात्रामा भक्तालुले सिठ्ठी बजाउँंदै मुखमा हत्केलाले थप्थपाउँंदै आबाबाबा... गरेर जिस्क्याउने र देवगणले उनीहरुलाई लखेट्ने गर्दछन् । लखेट्दा देवगणले समाउन सके भेटी दिनुपर्ने परम्परा छ।
यस अर्थमा जिस्क्याउने भक्तालुलाई माछा मानी उसैलाई समात्ने प्रयासको रुपमा यसलाई माछा मार्ने नाचसमेत भन्ने गरिएको छ । यही नै जात्राको मुख्य आकर्षणसमेत हो।
नाचलाई भक्तपुर नगरबाहेकका मध्यपुर थिमि, चाँगुनारायण नगरपालिका र काठमाडौंसहित नेवाली समूदायको बसोबास रहेको काभ्रेलगायतका स्थानमा पनि प्रदर्शन गरिन्छ।