मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

पाल्पाको रिब्दीकोटमा राजावादी, गणतन्त्रवादी र संघीयताविरोधीको गठबन्धन !

बिहीबार, ०८ असार २०७४, ०८ : ५६
बिहीबार, ०८ असार २०७४

पाल्पा—  दोस्रो चरणको स्थानीय तहको चुनावको मिति नजिकिँदै जाँदा पाल्पाको रिब्दीकोटमा चुनावी सरगर्मी ह्वात्तै बढेको छ ।    रिब्दीकोटमा  गणतन्त्रवादी  माओवादी, राजावादी राप्रपा र  संघीयताविरोधी जनमोर्चाबीच गठबन्धन रहेको छ भने एमाले र कांग्रेस एकल प्यान बनाएर चुनावी मैदानमा उत्रिएका छन्  । 


माओवादी, राप्रपा र  जनमोर्चा गठबन्धनबाट  रिब्दीकोट गाउँपालिकामा माओवादीका  लिला कार्कीको प्रमुखमा उम्मेदवारी परेको छ भने सोहि गठबन्धनबाट उपप्रमुखमा राप्रपाका भोजेन्द्र बहादुर कुँवरको उम्मेदवारी परेको छ । यस्तै सोहि गठबन्धनबाट  जनमोर्चाका तिलक गाहा मगरले ४ नम्बर वडामा भाग पाएअनुसार उम्मेदवारी दिएका छन् । 


एकल प्यानलमा  कांग्रेसको तर्फबाट प्रमुखका गोविन्द आचार्य  र एमालेबाट  नारायण जिसीले उम्मेदवारी दिएका छन् । 


 असार १४ को चुनाव नजिकिएसँगै अहिले उम्मेदवारहरुले घरदैलो अभियानदेखि प्रचारप्रसारका अभियानलाई तीब्र पारेका छन्  भने  आफ्नो पक्षमा माहोल रहेको  भन्दै मतदाता तान्न खटिइरहेका छन् ।  


रातोपाटीसँग कुरा गर्दै  माओवादी केन्द्र पाल्पाका नेता  नेत्र पाण्डेले पार्टीका उम्मेदवार  लिला कार्कीको जित सुनिश्चित भएको दाबी गरे ।  उनले एमाले र कांग्रेस आफूहरुको गठबन्धनपछि  हतोत्साहित भएर गलत प्रचार गर्न समेत जुटेको आरोप लगाए । 
यता रिब्दीकोटका स्थानीय  होमलाल अधिकारीले पार्टीहरुको गठबन्धनले  चुनावी माहोल रोचक बनिरहेको प्रतिक्रिया दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप