आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेकपाले शासन गर्ने वैधानिकता सकिएको छ : गगन थापा

बुधबार, ०७ माघ २०७७, १८ : १४
बुधबार, ०७ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेसका नेता गगनकुमार थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता सकिएको बताएका छन् । बुधबार काठमाडौँमा आयोजित प्रतिनिधिसभा विघटन र संवैधानिक अन्योल विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता थापाले नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले शासन गर्ने वैधानिकता र वैधता सकिएको बताएका हुन् । नेकपाले निर्वाचनबाट प्राप्त जनादेश गुमाएको उनको भनाई छ ।

जनादेश गुमाउँदा राजनीतिक निष्ठाको आधारमा जनतासँग क्षमा माग्नुपर्ने भएपनि दुवै पक्षले क्षमा नमागेको उनले बताए । नेता थापाले सर्वोच्च अदालतमाथि सबैले आशाको नजरले हेरेको भन्दै संविधान अनुरुप सहि फैसला गर्ने विश्वास व्यक्त गरे ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता रमेश लेखकले संविधान र लोकतन्त्रमा कम विश्वास गर्नेले संसद विघटन गरेको बताए । कम्युनिष्टको अधिनायकवादी र सर्वसत्तावादी चेतनाको कारण संसदी विघटन भएको उनको भनाई छ । यसको सम्पूर्ण अब्जस नेकपाले बोक्नुपर्ने उनले बताए ।

नेता लेखकले नेपाली काँग्रेस संसद पुर्नस्थापनाको निम्ति भूमिका निर्वाह गर्ने र सर्वोच्च अदालतले संसद पुनस्र्थापना नगरे निर्वाचनमा सहभागी हुने बताए । पुनस्र्थापना पनि नहुने र निर्वाचन पनि नहुने अवस्थामा नेपाली काँग्रेस आन्दोलनमार्फत संविधानलाई ट्रयाकमा ल्याउन तयार रहेको उनको भनाई छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप