सपथ लिएलगत्तै नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको यस्तो प्रतिक्रिया
बुधबार, ०७ माघ २०७७, २३ : २३
१
एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले अमेरिकामा लोकतन्त्र कायमै रहेको बताएका छन् । बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै बाइडेनले आजको दिन लोकतन्त्र दिन भएको बताए । उनले आजको दिन अमेरिकाको दिन भएको बताउँदै यो इतिहास र आशाको दिन भएको बताए ।
बाइडेनले भने– ‘अमेरिकाको धेरै पटक परीक्षा भएको छ र यो निकै चूनौतिहरुका साथ उभिएको छ । आज हामी एक जना उम्मेद्वारको जित मनाउन होइन, प्रजातन्त्रको जित मनाइरहेका छौं ।’