सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

हामी पेरिसडाँडामा जस्तो कालो होइन, रातो झण्डा फहराउने हौं : प्रधानमन्त्री ओली

बिहीबार, ०८ माघ २०७७, १४ : ५२
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले आफुहरु रातो झण्डा फहराउने भएको बताएका छन् । उनले बिहीबार आफु निकट प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै पेरिसडाँडाम जस्तो कालो झण्डा फहराउने नभई रातो झण्डा फहराउने भएको बताएका हुन् । ‘हामी रातो झण्डा फहराउने हौं, पेरिसडाँडामा जस्तो कालो झण्डा फहराउने होइनौ’, प्रधानमन्त्री ओलीले भने, ‘सडकमा रातो, उज्यालो झण्डा फहराउँछौ । कालो होइन ।’ 

उनले आफुहरु कसैसँग प्रतिशोध नलिने भन्दै देश बनाउनतर्फ लागेको बताए । ‘हामीलाई कसैसँग प्रतिशोध लिनुपर्ने छैन ,देश बनाउनुछ । सुशासन गर्दै भ्रष्टाचार समाप्त पार्नुछ । देश बनाउन यी गन्तव्यतर्फको यात्रा तय गर्नुछ’, ओलीको भनाई छ ।  

उनले आफुलाई यो काम गर्न नदिन बाटो छोड्न दवाव दिइरहेको भन्दै त्यसरी बाटो नछोड्ने बताए । ‘खुरुखूरु बाटो छोडिदिन्छ भन्ने होइन’, ओलीको भनाई छ ।  उनले समाजमा विभिन्न प्रकारका तत्व हुने भन्दै उनीहरुले जनतालाई सिनेमा देखाइरहेको बताए । ‘समाजमा विभिन्न किसिमका तत्व हुन्छन्, तिनिहरु सिनेमा देखाउँछन् । सिनेमामा हिरो हिरोइन हुन्छ, लभ परेको हुन्छ, हिरोइन घाइते हुन्छे । हिरो रुन्छ । वास्तममा त्यो केही पनि होइन । त्यो सबै तमासा हो’ पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाललाई संकेत गर्दै ओलीले उनीहरुले तमासा र सिनेमा देखाइरहेको बताए ।  उनले त्यस्तो तमासा र सिनेमा देखाइरहेकाहरुलाई सजग गराउन आव्हान गरे । 

मानिसमा तीनवटा पक्ष विद्दता, बुद्धि र मति हुने भन्दै उनले देश बनाउने हो भने मति ठिक ठाउँमा राख्नुपर्ने पनि बताए । ‘मति ठिक ठाउँमा भएन भने बुद्धिमान मतिभ्रष्ट भयो भने खतरानाक हुन्छ । बुद्धिमान चोर भए प्रहरीले पनि पक्रन सक्दैन’ओलीको तर्क थियो ।  उनले जैविक र मानवीय आवश्यक्ताको न्यायोचित समतामुलक समाज, सम्मान युक्त जीवनको लक्ष्य निर्धारण सरकारले काम गरिरहेको भन्दै आफ्नै तारिफ गरे । 
जिम्मेवारीका साथ राजनीतिक लडाइ लडिरहको भन्दै उनले विचारमा प्रस्टता भएकाले सम्मृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गर्नतिर आफु लागिरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप