सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

शुक्रबार, ०९ माघ २०७७, १९ : १२
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरुले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाण्डौमा पेशागत विशेष जिल्ला ब्यूरोको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफुहरुले माघ २३ गते वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनि गरेर देखाउने बताएका हुन् । उनले शुक्रबार पुष्पकमल दाहाल–माधवकुमार नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे ।

प्रचण्ड–माधव समूहले काठमाडौँमा आयोजना गरेको विरोध सभालाई लक्षित गर्दै प्रधानमन्त्री ओलीले अदालतलाई धम्की नदिन पनि चेतावनी दिए । त्यस्तै विरोधसभाबारे टिप्पणी गर्दै उनले देशभरीबाट अलि अलि मान्छे जम्मा हुनु स्वभाविक भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप