सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतको ७२ औं गणतन्त्र दिवसः ३२ तस्बिरमा हेरौं

मङ्गलबार, १३ माघ २०७७, २३ : ४९
मङ्गलबार, १३ माघ २०७७

एजेन्सी । भारतमा ७२ औं गणतन्त्र दिवस भव्य रुपमा मनाइएको छ । कोरोना महामारीकै बीचमा मंगलबार नयाँ दिल्लीको राजपथमा सैनिक परेडसहित भव्य रुपमा ७२ औं गणतन्त्र दिवस मनाइएको हो । गणतन्त्र दिवस समारोहमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतको उपस्थिति रहेको थियो ।

५५ वर्षपछि पहिलोपटक भारतीय गणतन्त्र दिवस प्रमुख अतिथिविहिन भएको छ । विदेशी राष्ट्रप्रमुख वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने चलन भएपनि यो पटक गणतन्त्र दिवसमा प्रमुख अतिथि थिएनन् । सैनिक परेडमा भारतीय वायुसेनाले पहिलो पटक राफेल लडाकु विमानको प्रदर्शन गरेको थियो भने बंगलादेशको सैनिक टुकडीले पहिलो पटक भाग लिएको थियो । केन्द्र र विभिन्न राज्यबाट प्रदर्शन गरिएका झाँकीले कार्यक्रम भव्य देखिएको थियो ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप