अवहेलना मुद्दामा पूर्वसभामुख ढुंगानासँग लिखित जवाफ माग
बिहीबार, १५ माघ २०७७, १६ : ३५
काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख दमननाथ ढुंगानासँग अवहेलना मुद्दामा लिखित जवाफ माग गरेको छ । ढुंगानाका अभिव्यक्तिलाई आधार बनाएर अधिवक्ता राजाराम घिमिरेले अवहेलनाको मुद्दा दायर गरेका थिए ।
न्यायाधीश मनोजकुमार शर्माको इजलासले बिहीबार ढुंगानालाई रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफ पेश गर्न निर्देशन दिएको हो ।
ढुंगानाले केही दिनअघि एक अन्तरक्रियामा ‘न्यायाधीशलाई सडकमा तान्नुपर्ने दिन आउन सक्ने’ अभिव्यक्ति दिएका थिए ।