आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगको जवाफः नेकपाको आधिकारिकताबारे निर्णय भएको छैन

शुक्रबार, १६ माघ २०७७, १६ : १६
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । निर्वाचन आयोगले बोलाएको छलफलमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्ष सहभागि नभएपछि पुनः अर्को बैठक आयोजना गर्ने भएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन र आयोगले निर्वाचन तयारीको सम्बन्धमा हालसम्म गरेका कामको विषयमा छलफल गर्न भनि नेकपाको दुवै पक्षलाई बोलाएको शुक्रबारको छलफलमा प्रचण्ड–माधव पक्षले सहभागिता नजनाएपछि आयोगले पुनः अर्को बैठक बोलाउने भएको हो ।

शुक्रबार प्रचण्ड–माधव पक्षले अध्यक्षद्धय कार्यक्रमको शिलशिलामा उपत्यकाबाहिर रहेको र छलफलमा अध्यक्ष स्वयं उपस्थिति हुन चाहेको भएपनि १८ गतेसम्म उपस्थिति हुन नसक्ने औपचारिक पत्रसाथ जानकारी गराएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली पक्षको तर्फबाट नेता सुवासचन्द्र नेम्वाङसहित नेपाल सरकारका मन्त्रीहरुको उपस्थितिमा निर्वाचन आयोगका प्रमुख आयुक्त तथा आयुक्तहरुसँग अनौपचारिक छलफल गरिएको उनको भनाई छ ।


छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाबाट आयोगले निर्वाचनको तयारीको सम्बन्धमा हालसम्म गरेका प्रगतिको बारेमा जनकारी गराइएको र निर्वाचन आयुक्त इश्वरीप्रसाद पौड्यालले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न आयोगले तयारी गरेको तथा निर्वाचन सम्पन्न गर्न राजनीतिक दलबाट आयोगले सहयोगको अपेक्षा गरेको भनाई राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

आयुक्त पौड्यालले निर्वाचन सम्पन्न गर्नका लागि राजनीतिक दलहरुबाट उपयुक्त राजनीतिक वातावरण सिर्जना हुनुपर्ने भन्दै त्यसको जिम्मेवारी राजनीतिक दलको नै भएको स्पष्ट पारिएको प्रवक्ता श्रेष्ठको भनाई छ । आयोगले अर्को बैठक उपयुक्त समयमा बोलाउने आयुक्त पौडेलको भनाई उदृत गर्दै प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

नेकपा ओली पक्षका नेता सुवास नेम्वाङले आज आयोगका पदाधिकारीलाई भेटेपछि ओली नेतृत्वको नेकपानै आधिकारिक पार्टी भएको बताएका थिए तर आयोगले भने कुनै पनि समूहलाई आधिकारिकता प्रदान नगरेको बताएको छ । आयोगका एक आयुक्तले भने–‘आधिकारिकताबारे आयोगले निर्णय गरिसकेको छैन । नेकपाको कुनै पनि पक्ष आधिकारिता देउ भनेर आएको पनि छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप