सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अराजकता निम्त्याउनेहरु बाहिरिएपछि पार्टी अनुशासित भएको छः प्रधानमन्त्री ओली

शुक्रबार, १६ माघ २०७७, १८ : २४
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) अनुशासित भएको बताएका छन् । शुक्रबार काठमाडौँ महानगर कमिटीद्वारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेकपा अनुशासित पार्टी भएको बताएका हुन् ।

विगतमा पार्टीमा अराजकता निम्त्याउनेहरु पार्टीबाट बाहिर भएको भन्दै उनले नेकपा स्पष्ट दृष्टिकोणका साथ सुदृढ, एकताबद्ध र अनुशासित पार्टी बनेको बताए । प्रधानमन्त्री ओलीले नेकपाले देशलाई गलत बाटोमा जान नदिने पनि बताए । आफ्नो पार्टी विजय यात्रामा अघि बढेको उनको भनाई छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप