सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

रौतहटमा लागु औषधसहित एक युवक पक्राउ

शुक्रबार, १६ माघ २०७७, १८ : ४२
शुक्रबार, १६ माघ २०७७

रौतहट ।  प्रतिबन्धित लागू औषध ट्याबलेटसहित रौतहटमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय चपुर र लागुऔषध नियन्त्रण व्यूरो, शाखा कार्यालय, वीरगञ्जबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले रौतहट चन्द्रपुर नगरपालिका १ स्थित पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने मंगलपुर चोकबाट बिहीबार साँझ उनलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सर्लाही बागमती नगरपालिका ४ का शेरबहादुर कुश्वारा रहेका छन् । उनलाई लागुऔषध ट्याबलेटसहित प्रहरीले पक्राउ गरेको हो । कुश्वारबाट  बा ९३ प ८६१ नंम्बरको पल्सर मोटरसाईकल समेत बरामद भएको छ । उनको साथमा दुई हजार एकसय  नाईट्रोभेट नामको लागुऔषध ट्याबलेट फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताए ।

कुश्वारलाई लागु औषध र मोटरसाइकलसहित ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखिएको छ । उनलाई रौतहट जिल्ला अदालतबाट म्याद थमाएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप