सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

आधारदर घट्दा सस्तियो बैंकको ऋण, कुन बैंकको कति ?

शनिबार, १७ माघ २०७७, १३ : ३९
शनिबार, १७ माघ २०७७

काठमाडौं । वाणिज्य बैंकहरुले ऋणमा दिने ब्याज ३ प्रतिशतसम्म सस्तो भएको छ । बैंकहरुले अघिल्लो वर्ष ऋण लगानी गरेको रकमको ब्याजदर यो वर्ष ३ प्रतिशतसम्मले घटेको हो । 
अहिले बैंकहरुले आधार दरमा निर्धारित प्रतिशत विन्दु बराबरको जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गर्दै आएका छन् । आधार दर घट्ने बित्तिकै त्यस्तो ऋणको ब्याजदर स्वतः घट्नेछ । बैंकहरुको आधार दर यो अघिल्लो वर्षभन्दा ३ प्रतिशत विन्दुसम्मले घटेको बैंकहरुले प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख गरिएको छ । 

यो वर्ष सबैभन्दा बढी आधारदर एनआईशी एशियाले घटेको छ । सो बैंकको बेसरेट अघिल्लो वर्ष ९.६२ प्रतिशत रहँदा यो वर्ष ६.६५ प्रतिशतमा झरेको छ । यो करिब २.९७ प्रतिशत विन्दुले कम हो ।
राष्ट्रिय वाणिज्य बैंकको आधारदर भने सबैभन्दा कम ०.९९ प्रतिशत विन्दुले घटेको छ । अघिल्लो वर्ष ६.६० प्रतिशत रहेको बैंकको आधारदर यो वर्ष ५.६१ प्रतिशतमा झरेको हो ।
यो वर्ष एनआईशी एशियासहित २१ बैंकको आधारदर २ प्रतिशत विन्दु भन्दा धेरैले घटेको छ । ५ वटा बैंकको आधारदर १ प्रतिशतदेखि २ प्रतिशत विन्दुले घट्दा राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर मात्रै ०.९९ प्रतिशत विन्दुले घटेको हो । 

यद्यपि अहिले पनि सबैभन्दा कम आधारदर भएको बैंक भने राष्ट्रिय वाणिज्य बैंक नै हो । त्यसबाहेक नबिल बैंकको आधारदर पनि ६ प्रतिशत भन्दा कम (५.७६ प्रतिशत) छ । ६ प्रतिशतदेखि ७ प्रतिशतसम्मको आधारदर भएका बैंकको संख्या ८ वटा रहेको छ । १४ वटा बैंकको आधारदर ७ देखि ८ प्रतिशत रहँदा बाँकी ३ वटा बैंकको आधार दर ८ प्रतिशत भन्दा बढी छ । आधार दर बढी भएका बैंकहरुको पनि ऋणमा लिने औसत ब्याजदर एकल अंकमै छ । 

कुन बैंकको आधारदर कति ? (तालिका) 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप