सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

एमाले–माओवादी एकताको घोषणा ५ बजे राष्ट्रिय सभागृहमा

मङ्गलबार, १७ असोज २०७४, १३ : ५१
मङ्गलबार, १७ असोज २०७४

काठमाडौं– एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभा आजै साँझ ५ बजे हुने भएको छ ।

घोषणा सभाअघि पार्टी एकताको अन्तिम प्रयासस्वरुप दुवै पार्टीका शीर्ष नेताहरु ललितपुरको एक घरमा गोप्य छलफलमा जुटेका थिए ।

छलफलमा दुवै पक्षका बार्ता समितिका सदस्यहरु सहभागि भएका थिए । जसमा माओवादीका तर्फबाट अध्यक्ष प्रचण्डसहित नेता नरायाकाजी श्रेष्ठ, रामबहादुर थापा, बादल छन भने एमालेका तर्फबाट अध्यक्ष केपी ओली, नेता माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहभागि रहेका थिए ।

छलफलमा पाटी एकता संयाेजन समिति गठन गर्ने  दुइ दलबीच सहमति भएकाे छ । छलफलपछि नेता नाराणकाजी श्रेष्ठले कार्यगत एकताको संयुक्त घोषणा आजै ५ बजे सभागृहमामा गरिने राताेपाटीलार्इ बताए ।

उनले घोषणा सभामा आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचन र पार्टी एकताबारे स्पश्ट पारिने बताए । छलफलमा घोषणा सभामा दुवै पक्षका नेताहरु सहभागि हुनेछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप