सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सरकारी पक्षको बहस भोलिदेखि सुरु हुने

आइतबार, १८ माघ २०७७, १४ : २४
आइतबार, १८ माघ २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटै रिटमाथि सरकारका तर्फबाट सोमबारदेखि बहस हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध दायर १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ ।

नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।

बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै तेह्रौं रिट निवेदनमाथि बहस हुनेछ । तेह्रौं रिटमाथिको बहस आइतबार नै सकिएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनहरुमाथि संवैधानिक इजलासमा पुस २२ देखि निरन्तर सुनुवाई हुँदै आएको छ । रिट निवेदकका तर्फबाट तीन सयभन्दा बढी कानुन व्यवसायीले वकालतनामा पेश गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप