आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरालयमा ३० लाखले लिए कोरोना विरुद्धको खोप

आइतबार, १८ माघ २०७७, १५ : १५
आइतबार, १८ माघ २०७७

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको खोप लगाउने व्यक्तिको संख्या इजरायलमा ३० लाख नाघेको जनाएको छ ।  गत डिसेम्बर २० मा खोप अभियान शुरु भएयता कूल जनसंख्याको करिब ३२ प्रतिशतले खोप लगाइसकेका छन् । इजरायलको जनसंख्या करिब ९३ लाख रहेको छ । 

मन्त्रालयका अनुसार ७० वर्ष र सोभन्दा बढी उमेरका ९० प्रतिशतभन्दा बढी व्यक्तिले खोप लिइसकेका छन् । इजरायलमा कोभिड–१९ बाट संक्रमितको कूल संख्या ६ लाख ४० हजार नाघेको छ जसमध्ये ७२ हजार व्यक्तिमा सक्रिय संक्रमण छ । 

इजरायलमा कोभिड–१९ संक्रमितमध्ये चार हजार ७४५ जनाको मृत्यु भएको छ भने गम्भीर अवस्थामा रहेका व्यक्तिको संख्या एक हजार १६२ छ । कोभिड–१९ संक्रमितमध्ये पाँच लाख ६४ हजार संक्रमणमुक्त भएका छन् । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप