सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

वाग्मती प्रदेशसभाको बैठक सोमबार

आइतबार, १८ माघ २०७७, १८ : ४५
आइतबार, १८ माघ २०७७

हेटौंडा । वाग्मती प्रदेशसभाको सातौँ अधिवेशन बैठक यही माघ १९ गते दिनको २ बजे पुनः बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । सोमबार बस्ने बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताएका छन् ।

प्रदेशसभाको सातौँ बैठक अधिवेशनको गत माघ ७ गते (प्रथम) र गत माघ ९ गते (दोस्रो) बैठक बसी मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित गरिएको थियो । प्रदेशसभामा सत्तारूढ नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर पार्टीको दुई र स्वतन्त्र पार्टीका एक गरी ११० जना प्रदेशसभाको सदस्यहरु रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप