सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अग्रिम भुक्तानीबारे बोर्डको स्पष्टीकरण पछि सुधारियो सेयर बजार

सोमबार, १९ माघ २०७७, १५ : २९
सोमबार, १९ माघ २०७७

काठमाडौं । अग्रिम भुक्तानीबारे नेपाल धितोपत्र बोर्डको स्पष्टीकरण आएसँगै सेयर बजार परिसूचक पुनः सुधार भएको छ । शुक्रबार बोर्डले सबै ब्रोकरहरुलाई सेयर कारोबार गर्नुअघि अनिवार्य रुपमा कारोबार रकमको २५ प्रतिशत नगद जम्मा गर्नुपर्ने व्यवस्थालाई कडाईका साथ लाग” गर्न निर्देशन दिएसँगै सेयर बजारमा उच्च गिरावट आएको थियो । 

सोमबार नेप्से परिसूचक ३७.७० प्रतिशतले बढेर २ हजार ४ सय ८ दशमलब २४ अंकमा पुगेको छ । यो दिन बजारमा ६ अर्ब ९७ करोड रुपैयाँ बराबरका १ करोड ३३ लाख कित्ता सेयर कारोबार भयो । सोमबारको बजारमा माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह बाहेक अरु सबै समूहका परिसूचकहरु बढेका छन् । होटल समूहमा सबैभन्दा बढी ८.७६ प्रतिशतले सुधार हुँदा वित्त कम्पनीमा ३.५९ प्रतिशत सुधार आएको छ । 

बजारमा आज १ सय ७३ कम्पनीको सेयर कारोबार भएको थियो । सोमध्ये १ सय २९ कम्पनीको मूल्य बढेको छ । ३३ कम्पनीको मूल्य घट्दा ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।  बजारमा सेञ्चुरी कमर्शियल बैंक र प्रोग्रेसिभ फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ भने अन्य ८ कम्पनीको मूल्यमा ९ प्रतिशत भन्दा माथिको वृद्धि देखिएको छ । यो दिन कालिका लघुवित्तको मूल्य सबैभन्दा बढी ७.२४ प्रतिशतले घटेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप