सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

भारतको यस वर्षको रक्षा बजेट १५ वर्षपछि सबैभन्दा धेरै

सोमबार, १९ माघ २०७७, २२ : ५२
सोमबार, १९ माघ २०७७

एजेन्सी । भारतमा वर्ष २०२१/२२ का लागि रक्षा बजेटमा अत्यधिक बृद्धि गरिएको छ ।  रक्षा शीर्षकमा बजेट अत्यधिक धेरै छुुट्याइएकोमा रक्षा मन्त्री राजनाथ सिंहले प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री निर्मला सितारमणलाई धन्यवाद दिएका छन् ।

अर्थमन्त्री सितारमणले रक्षाका लागि ४.७८ लाख करोड बजेट छुट्याइएको घोषणा गरेका छन् । रक्षाका लागि अहिले छुट्याइएको रकम १५ वर्षपछिकै सवैभन्दा धेरै भएको बताइएको छ ।  अधिकारीहरुका अनुसार अघिल्लो वर्ष रक्षाका लागि ४.७१ करोड भारतीय रुपैया छुट्याइएको थियो । 

अर्थमन्त्री सितारमणले सोमबार भारतको केन्द्रीय सरकारको बार्षिक बजेट घोषणा गरेका छन् । भारतको यस वर्षको बजेट ४.७८ करोडको रहेको छ । “अघिल्लो वर्षको तुलनामा यस वर्ष रक्षाका लागि १९ प्रतिशत बजेट बृद्धि भएको छ, यो रकम १५ वर्षपछिकै सवैभन्दा धेरै हो,” रक्षामन्त्री सिंहले  भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप