बाबुराम र चम्पाको ‘बतासै सरर’ सार्वजनिक
मङ्गलबार, २० माघ २०७७, १७ : ५९
काठमाडौं । गायक बाबुराम भट्टराई र गायिका चम्पा खुलाल मगरको स्वर रहेको ‘बतासै सरर’ सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत माधव थापाले दिएका छन्, भने एरेन्ज हेमन्त शिशिरको रहेको छ ।
लोकदोहोरी शैलीमा तयार गीतको म्युजिक भिडियो पनि बनेको छ । जसको निर्देशन रितबहादुर दर्लामीले गरेका हुन् । भिडियोमा अजित रायमाझी, आयुष्मा कार्की, रितबाहदुर दर्लामी अभिनय देख्न सकिन्छ ।