मनाङमा भूकम्पको धक्का महसुस
मङ्गलबार, २० माघ २०७७, २२ : ४८
काठमाडौं । मनाङमा भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राती ९ बजेर ५९ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प ५.३ रेक्टर स्केलको रहेको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु मनाङको नार क्षेत्र वरिपरि रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।