ओली पक्षले निकाल्यो काठमाडौंमा मोटरसाइकल र्याली, तस्बिरमा हेर्नुहोस्
बुधबार, २१ माघ २०७७, १४ : ५८
काठमाडौ । नेकपा ओली पक्षले काठमाडौँ उपत्यकामा मोटरसाइकल र्याली निकालेको छ । माघ २३ मा काठमाडौँमा शक्ति प्रदर्शन गर्न लागेको ओली पक्षले त्यसको पूर्वसन्ध्यामा बुधबार मोटरसाइकल र्याली निकालेको हो । र्यालीमा सहभागीहरुले प्रधानमन्त्री समेत रहेका ओलीको बडेमानको तस्बिर बोकेर घुमाएका थिए ।
ललितपुर र काठमाडौँको सीमा क्षेत्र बालकुमारी पुलबाट सुरु भएको मोटरसाइकल र्याली सातादोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली त्रिपुरेश्वर-एनएसी-जमलचोक- दरबारमार्ग-नारायणहिटी-जयनेपाल हल-कमलपोखरी-रातो पुल-गौशाला-एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत भएको थियो ।